नेपाली सेनामार्फत एसपीपी अघि बढाउन खोजिनु गम्भीर : वर्षमान पुन


४ असार २०७९, शनिबार
barsaman pun ananta

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदूतावासलाई सोझैं पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गरेका छन् ।

पूर्व अर्थमन्त्री समेत रहेका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानून मन्त्रालय कसैलाई पनि जानकारी नै नदिई नेपाली सेनाले सो विषयमा सोझै पत्राचार गर्ने काम गम्भिर भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘एसपीपीको कुरो परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने हो ।

सामान्यतयाः परराष्ट्र मन्त्रालयमार्फत आएर रक्षा हुँदै आवश्यक सुझावका लागि आर्मी हेडक्वार्टरमा पुगेर फेरि कानुन मन्त्रालयको समेत परामर्श लिएर क्याबिनेटबाट निणर्य गरेर परराष्ट्रले सो विषयमा पत्राचार गर्नुपथ्र्यो । तर, यी सबै कुुरालाई छलेर सेनाले पत्राचार गरेको देखियो । यो गम्भीर कुरा हो । अब यस्तो हुन नदिन सरकार र राजनीतिक नेतृत्व सचेत हुन जरुरी छ । यो त राजनीतिक नेतृत्व र सरकारको नेतृत्वलाई छलेर आएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७