कांग्रेस सांसद कनौडियाको गुट्खा उद्योगले छल्यो कर, कार्वाहीका लागि पत्र


१६ चैत्र २०७४, शुक्रबार
sudh plus1

वीरगञ्ज, १६ चैत : नेपाली कांग्रेसका कपिलवस्तुका प्रदेश सभासद् वीरेन्द्र कनौडियाको गुटखा उद्योगले सरकारलाई राजश्व छलेको भेटिएको छ । विजार्ड फ्रेगरेन्स इन्डष्ट्रिजले उत्पादन गरेको शुद्ध धनले राजश्व छलेको भेटिएको हो । आन्तरिक राजश्व कार्यालय वीरगञ्जले विशाल इन्टरप्राइजेजमा छापा मार्दा तीन बोरा शुद्ध धनमा अन्तशुल्कको स्टिकर नलगाइए भेटिएको थियो ।sudh plus1

९० हजार मूल्य बराबरको गुटखामा करीब १९ हजार अन्तशुल्क वापतको राजश्व छली गरेको भेटिएको दाबी गर्दै कार्वाहीका लागि पत्र पठाइएको उनले बताए । अन्तशुल्क अनुसार डेढ सय ग्रामको एउटा प्याकेटमा ६६ रुपैयाँको अन्तशुल्कको स्टिकर टाँसेर बिक्री बितरण गर्नु पर्नेमा बिना स्टिकरको समान फेला पारेकोले जफत गरी आवश्यक कार्वाही अघि बढाइएका कार्यालयले जनाएको छ ।

उद्योग उनको छोराले सम्हाल्दै आएका छन् । कनौडिया कपिलवस्तु क्षेत्र नम्बर–३ को प्रदेश ख बाट विजयी भएका हुन् । कार्यालयका अनुसार तीन सय पोका शुद्ध धन गुट्खामा अन्तशुल्कको स्टिकर छैन । राजश्व छल्न विना स्टिकरको समान बिक्री बितरण गरिरहेको पाइएकोले उत्पादक कम्पनी तथा बिक्रेतालाई अन्तशुल्क ऐन २०५८ बमोजिम आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व विभाग एवम् आन्तरिक राजश्व कार्यालय कपिलवस्तुलाई पत्राचार गरिएको कार्यालय प्रमुख गोपीकृष्ण कोइरालाले बताएका छन् ।

कार्यालयका अनुसार अन्य क्षेत्रमा समेत उद्योगको उत्पादनको अनुसन्धान हुनेछ ।यो वाहेक अन्य गुट्खाका उद्योगमा समेत अनुसन्धान अघि बढाइएको छ । भोला, करेन्ट, शुद्धधन, पुकार तथा भारतीय ब्राण्ड रजनीगन्धा, राजनिवासलगायत विभिन्न प्रकारको गुटखामा समेत अनुसन्धान तीब्र पारिएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७