गोली हानेर श्रीमतीको हत्या


१६ चैत्र २०७४, शुक्रबार
gun e1474098340984

नेपालगञ्ज, १६ चैत : बाँकेको डुडवा गाउँपालिका–२ बनकट्टीमा एक श्रीमानले श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । ३० वर्षीय सञ्जयकुमार बर्माले बिहीबार राति २८ वर्षीया श्रीमती शान्ति बर्माको गोली हानेर हत्या गरेका हुन् ।gun e1474098340984

अनुमति प्राप्त बाह« बोर बन्दुक घरमै राखेका बर्माले श्रीमतीसँगको विवादपछि गोली प्रहार गरेका थिए । दुई वटा गोली लागेर घाइते भएकी शान्तीको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७