आयल निगमको अनियमितता : ४९ करोड ५० लाख राजश्व छली


१६ चैत्र २०७४, शुक्रबार

काठमाडौं, १६ चैत : नेपाल आयल निगमले इन्धन भण्डारणका लागि चलनचल्ती भन्दा चार गुण बढी मूल्य हालेर खरिद गरेको जग्गामा राजश्व समेत छली गरेको पाइएको छ ।nepal oil nigam 2 of 4 JiJ6CijKic

झापा, सर्लाही, चितवन र भैरहवाको जग्गा निगमलाई बिक्री गर्दा व्यवसायीले ४९ करोड ५० लाख रुपैयाँ राजश्व छली गरेको भेटिएको छ ।
निगमले डेड वर्षअघि २ अर्ब ३३ करोड ४० लाख ७५ हजार ५ सय ८४ रुपैयाँमा विभिन्न ठाउँमा ९४ बिघा १७ कट्ठा जग्गा खरिद गरेको थियो । त्यसमध्ये निगमले १ अर्ब ९८ करोड ३५ लाख ८६ हजार ४ सय २७ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

जग्गा खरिदमा निगम व्यवस्थापनले एक अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन करीब टुङ्ग्याइसकेको छ । महालेखापरीक्षकको कार्यालयले गरेको अध्ययनमा जग्गा खरिद गर्दा पुँजीगत लाभकर बापत तिर्नुपर्ने राजस्व छली भएको देखिएको हो । महालेखाले प्रारम्भिक प्रतिवेदन तयार गर्दै राजश्व छल्ने अभिप्रयाले गरिएको कारोबारमा थप जरिवाना र ब्याजसमेत असुल्न सम्बन्धित आन्तरिक राजश्व कार्यालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७