संसद सचिवालयमा बल्झियो भत्ताको किचलो


१६ चैत्र २०७४, शुक्रबार
samsad sachibalaya

काठमाडौं, १६ चैत : सभामुख र उपसभामुखहरु निर्वाचित भएर जाना साथ संसद सचिवालयका कर्मचारीको भत्ता किचलो शुरु भएको छ । संविधान निर्माणको कार्यभार भएको सदन (संविधान सभा) सँग निश्चित जिम्मेवारी पूरा गर्नका निम्ति केही अतिरिक्त भूमिकाको आवश्यकता थियो ।samsad sachibalaya

त्यसैले, कर्मचारीले काममा कञ्जुस्याइँ नगरुन् भनेर तलब भन्दा ८० प्रतिशत अतिरिक्त भत्तासहित खाजाका नाममा अर्को भत्ताको पनि व्यवस्था गरियो । तोकिएको कार्यभार पूरा भएको ०७२ असोजमा, तर त्यो नाममा खाएको भत्ताको अवधि ०७४ माघ ७ सम्म । संविधानसभा छँदा सचिवालयका कर्मचारीलाई तलब बाहेक ८० प्रतिशत अतिरिक्त भत्तासहित दैनिक खाजा खर्च (बिदाका दिन ७५०, अरु दिन ६००) तोकिएको थियो । त्यो सुविधा संविधानसभाको रुपान्तरित व्यवस्थापिका संसद रहेका बेलामा पनि पाइन्छ भन्ने व्याख्याका साथ खाने काम भयो ।

गत कात्तिकसम्म त संसद बहाल थियो, त्यसैले खाएको कुरा मनासिव हो कि भन्न सकिन्छ, तर मंसिरमा चुनाव भएर फागुनमा नयाँ संसद शुरु भयो । अर्थात्, संसद नरहेको बीचको अवधिको भत्ता पनि स्वाहा भयो । अहिले महासचिव मनोहर भट्टराई त्यही फाइल बोकेर सभामुख र उपसभामुखकहाँ दिनहुँ धाइरहेका छन् । देखादेखी घोटाला चलेको यस्तो फाइल यति प्रबुद्ध सभामुख र उपसभामुखले सदर गर्ने कुरा भएन । फाइल पेण्डिङमा छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७२-७३ मै यो भत्तालाई बेरुजुमा हालेको थियो । तर, ०७३-७४ का लागि ‘यो अन्तिम पटक हो’ भन्दै स्वीकृत गराइयो । संसद् नबसेको बेलामा समेत भत्ता खाई दिएपछि बाह्र बजेको छ । अर्थात्, उनीहरुले रुपान्तरित संसदको अवधि ०७४ माघ ७ गतेसम्म हो भन्ने बुझेर त्यही बेलासम्मको भत्ता खाए । तर, मंसिरमै अर्को संसद निर्वाचित भयो । बीचको उक्त भत्ता स्वीकृत गर्र्न सभामुख, उपसभामुख थिएनन् । आएका सभामुखलाई पहिल्यै खाएको कुरा स्वीकृत गराउन दबाब छ । यदि सभामुख र उपसभामुखले यो भत्ता स्वीकृत गरेनन् भने कार्यालय प्रमुखबाट असुल उपर गराउनुपर्ने महालेखाको नियमानुसार काम कार्वाही हुने बताइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७