आरजुको प्रश्न-रूटिन अफ नेपाल बन्दलाई कतिमा ‘हायर’ गर्नुभयो ? : बालेनको उत्तर-शून्य


६ असार २०७९, सोमबार
arju rana and balen sha

काठमाडौं : सोमबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरिन् ।

सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै आरजुले सोधिन्,‘‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा-एउटा गुण पहिचान गरी नेता बनेका हुन् । ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो ?’

त्यस लगत्तै सोमबार साँझ काठमाडौं महानगरपालिकाका मेयर शाहले चुनावी खर्च सार्वजनिक गरे । आरजुको दाबीपछि मेयर शाहले सामाजिक सञ्जाल प्रचार शीर्षकमा शून्य खर्च भएको विवरण पेस गरेका हुन् ।

Balendra sha
हेर्नुहोस् मेयर बालेन्द्रद्वारा सार्वजनिक चुनावी खर्च

उनले सार्वजनिक गरेको चुनावी खर्च विवरणमा कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । निर्वाचनमा मतदाता नामावाली खरिदका लागि १ हजार‚ सवारीसाधनमा ९२ हजार रुपैयाँ खर्च भएको खर्च विवरणमा उल्लेख गरिएको छ ।

प्रचारप्रसार सामग्रीमा ९२ हजार ८५‚ ढुवानी खर्च २ हजार ५ सय‚ गोष्ठी तथा कार्यकर्ता परिचालनमा १ लाख १३ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । कार्यालय सञ्चालनमा १७ हजार २ सय ५० र विविधमा २८ हजार ५ सय गरी कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७