पूर्व प्रधानमन्त्री नेपालको वर्तमान प्रधानमन्त्री ओलीलाई सुझाव : काम पूरा नभई बजेट निकासा नदिनुस्


१६ चैत्र २०७४, शुक्रबार
madhav Nepal

काठमाडौं, १६ चैत : एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सडक विस्तारको काम पूरा नभई बजेट निकासा नगर्न सरकारलाई सुझाव दिएका छन् । बरिष्ठ नेता नेपालले काम सम्पन्न भएपछि मात्रै एकमुष्ट बजेट निकासा भए सडक निर्माणको काम समयमै पूरा हुने बताएका छन् ।

madhav Nepal
पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । तस्विर : नयाँपेज फाइल

 

शुक्रबार काठमाडौंमा आयोजित ‘समाजवादका लागि भौतिक पूर्वाधार’ विषयक विचार गोष्ठीमा बोल्दै उनले समयमै गुणस्तरीय काम सम्पन्न हुने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । ‘झोलामा सडक र पोल’ हालेर हिंडेका कारण काठमाडौं उपत्यकाको सडकको अवस्था दयनीय बन्न गएको समेत नेता नेपालले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै उनले सोही अनुसार सरकारका सबै निकायले काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बैशाख महिनाभित्र काठमाडौं उपत्यकाको सडकलाई व्यवस्थित बनाउने घोषणा गरे । उनले निर्माण क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई पनि बैशाख महिना भित्रै समाप्त पार्ने योजना पनि अघि सारिएको बताएका छन् । मन्त्री महासेठले यात्रुको चाप रहेको काठमाडौंको मुख्य–मुख्य स्थानमा तत्काल सडकको उचित व्यवस्थापन गर्न निर्देशन दिइएको पनि स्मरण गराएका थिए । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थासम्बन्धी कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७