कवि भुपाल राईको नेतृत्वमा किरात एकेडेमी


७ असार २०७९, मंगलवार
Bhupal Rai

काठमाडौं : किरात एकेडेमी पुनर्गठन गरिएको छ । कवि भुपाल राईको अध्यक्ष रहेको कार्य समिति पुनर्गठन गरिएको हो ।

एकेडेमीको उपाध्यक्षमा डा‍. धनप्रसाद सुवेदी, महासचिव चेतनाथ धमला,सचिव प्रकाश राई र कोषाध्यक्षमा रुप कुमार राई चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा डा‍. यादेवी ढकाल, कला राई, राधा राई, बम बानिया, मनिष पिएम र आस कुमार राईलाई चयन गरिएको छ ।

नयाँ कार्य समिति :-
अध्यक्ष – भूपाल राई
उपाधक्ष – डा. धनप्रसाद सुवेदी
महासचिव – चेतनाथ धमला
सचिव – प्रकाश राई
कोषाध्यक्ष – रुपकुमार राई
सदस्य – डा. यादेवी ढकाल
सदस्य – कला राई
सदस्य – राधा राई
सदस्य – बम बानिया
सदस्य – मनिष पिएम
सदस्य – आसकुमार राई

कोभिड १९ को विश्वव्यापी महामारी तथा किरात एकेडेमी संरचना अनुकूलको कृति अभावका कारण लामो समयदेखि स्थगित भएको ‘किरात एकेडेमी पुरस्कार’ वितरणका लागि एउटा सिफारिस समिति गठन गरिएको छ ।

अध्यक्ष भूपाल राई संयोजक रहेको समितिको सदस्यहरुमा डा. धनप्रसाद सुवेदी र चेतनाथ धमला सदस्य छन् ।

यसअघि युग पाठक र झलक सुवेदीलाई यो पुरस्कार दिइएको थियो । पाठकको उपन्यासकृति ‘उर्गेनको घोडा’ र सुवेदीको गैरआख्यान कृति ‘ब्रिटिस साम्राज्यको नेपाली मोहराः गोर्खा भर्तीको नालेबेली’ लाई पुरस्कार दिइएको हो ।
पुरस्कारको राशि रु ५० हजार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७