रवि लामिछाने कुनै पार्टीमा नजाने, आज नयाँ पार्टी घोषणा गर्ने


७ असार २०७९, मंगलवार
Rabi Lamichhane

काठमाडौं : केही दिनअघि आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका सञ्चारकर्मी रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गर्दैछन् । राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनले नयाँ दलको औपचारिक घोषणा गर्न लागेका हुन् ।

लामिछाने नेपाली कांग्रेसमा जाने चर्चा चलिरहेको बेला राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनले आफ्नो दलको औपचारिक घोषणा गर्ने भएका हुन् ।

ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौं– ३ बाट उम्मेदवारी दिन चाहेका छन् ।

रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७