जबरजस्ती करणी र लुटपाटको आरोपमा एक जना पक्राउ


७ असार २०७९, मंगलवार
pakrau
फाइल फोटो

काठमाडौँ । युवतीलाई प्रलोभन देखाई जबरजस्ती करणी र लुटपाट गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका-९ का अन्दाजी २८-२९ वर्षका विश्व तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दीनेशराज मैनालीले जानकारी दिएका छन् ।

विवाह गर्ने प्रलोभन देखाएर गेस्ट हाउसमा लगी पेय पदार्थ खुवाई युवतीको साथमा रहेको एक लाख रुपैयाँ‚ दुई तोला सुन र एउटा मोबाइल लुटी फरार भएको प्रहरीले जनाएको छ ।पीडित महिलाको विस्तृत स्वास्थ्य परीक्षण गराई अनुसन्धानको कार्य सुरु गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

आइतबार राति ११ बजे प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको विशेष टोलीले आरोपित तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७