सामुहिक बलात्कारको आरोपमा स्ववियु सभापतिसहित तीन जना पक्राउ


१६ चैत्र २०७४, शुक्रबार

बाग्लुङ, १६ चैत : पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसहित ३ युवा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बिहीबार कुश्मा नगरपालिका –४, छमर्केको एक होटलबाट स्ववियु सभापति शिशिर क्षेत्रीसहित ३ युवा पक्राउ परेका हुन् ।Hatkadi pakrau arrest nayapage

बाग्लुङको चैते दशैं मेला हेरेर फर्किदै गरेका दुई युवतीसँगै बिहीबार दिउँसो ३ बजेदेखि खाजा खाँदै छमर्केस्थित न्यू सेवा गेष्ट हाउसमा बसेका कुश्मा नगरपालिका–१, पाङ सहस्रधाराका शिशिर क्षेत्रीसहित, कुश्मा नगरपालिका–५, मेलमिलापचोकका सुजल श्रेष्ठ र फलेवास नगरपालिका –६, देवीस्थानका सौगात शर्मा पौडेलले युवतीमाथि जबरजस्ती करणी गरेका हुन् । दुई युवतीमध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा घर भएकी १६ वर्षीया युवतीलाई भाग्न खोज्दा खोज्दै समातेर जबरजस्ती करणी गरेको बुझिएको प्रहरीले बताएको छ ।

भाग्न सफल युवतीले आफन्तहरुलाई खबर गरेपछि उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा सोही होटलमा तीनै जना युवाहरुसहित एक युवतीसँगै बसेको अवस्थामा रङ्गेहात पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ । पीडित युवती र घटनामा संलग्न युवाहरुबीच यसअघि कतै पनि भेट तथा चिनजान नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पीडित युवतीका आफन्तहरुलाई बोलाएर जबरजस्ती करणी अन्तर्गत मुद्धा दायर गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी गराए । घटनामा संलग्न तीनै जना आरोपितलाई म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७