यौन दुर्व्यवहारको आरोपित सेन्ट लरेन्स कलेजका को-अर्डिनेटर र शिक्षक कारागार चलान


७ असार २०७९, मंगलवार
jel

काठमाडौँ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका को-अर्डिनेटर र एक शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका को-अर्डिनेटर र एक शिक्षक जेल चलान भएका हुन् ।

जिल्ला अदालत काठमाडौंले शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ का ५१ वर्षीय राजन कुमार पौडेल र कलेजका को-अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१ घर भइ हाल काठमाडौं कागेश्वरी मनोहरा नगपालिका-८ बस्ने ४७ वर्षीय जनार्दन अधिकारीलाई आज (मंगलबार) पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

कलेजमा अध्ययनरत केही छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै उनीहरुविरुद्ध विद्यार्थी आन्दोलित भएका थिए । उनीहरुविरुद्ध पीडितका अभिभावकले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए । उनीहरुलाई पुर्पक्षको लागि डिल्लीबजार कारागारमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कलेजका विद्यार्थीलाई शिक्षक अधिकारीले यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको विद्यार्थीहरुले सार्वजनिक गरेका थिए । कलेज प्रशासनले कारबाही गर्न नगरेपछि विद्यार्थीहरुले प्रदर्शन नै गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७