लिथुएनियाले सामान ढुवानीमा रोकेपछि रुसको चेतावनी : उपयुक्त कदम चालिने छ


८ असार २०७९, बुधबार
russia force jmWs4fCloA

काठमाडौँ । सामान ढुवानीमा लिथुएनियाले नाकाबन्दी लगाएपछि रिसाएको रुसले कडा प्रतिक्रिया जनाएको छ । लिथुएनियाले कलिनिनग्राडमा रेलबाट निश्चित वस्तुहरू लैजान प्रतिबन्ध लगाएको छ ।

कलिनिनग्राड रणनीतिक रूपमा महत्वपूर्ण रुसी भू-भाग हो । वरिष्ठ रुसी सुरक्षा अधिकारी निकोलाइ पाट्रुसेफले लिथुएनियाले शत्रुतापूर्ण व्यवहार गरेको र यो गम्भीर विषय रहेको बताएका छन् । उनले निकट भविष्यमै उपयुक्त कदम चाल्ने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ ।

यो नाकाबन्दी पश्चिमा देशको उक्साहटबाट भएको रुसको आरोप छ । तर लिथुएनियाले रुसले युक्रेनमाथि गरेको आक्रमणपछि यूरोपेली सङ्घले लगाएको प्रतिबन्धको पालना मात्रै गरेको जनाएको छ ।

यसअघि ईयूले यूक्रेनमा उत्पादित खाद्यान्नमा रुसले नाकाबन्दी लगाएको र यो युद्ध अपराध भएको भन्दै टिप्पणी गरेको थियो । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७