डिआइजीलाई दिन कटाउनै ‘दिक्क’


१६ चैत्र २०७४, शुक्रबार
6163f34f06dcbfcf285a419f353adee1

काठमाडौं, १६ चैत : नयाँ संरचनामा प्रादेशिक कार्यालयको मुख्य जिम्मेवारी सम्हालेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुलुक संघीयतामा गएपछि भूमिकाविहीन भएका छन् ।6163f34f06dcbfcf285a419f353adee1

यसै कारण ७ नम्बर प्रदेश दिपायलका डिआइजी शरद चन्द कार्यक्षेत्रमा हाजिर कम, गयल बढी भएका छन् । २७४ असोजको दोस्रो साता आएका उनले करीब दुई साता प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका थिए । तर, उनीमाथि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विजयकुमार भट्ट आएपछि अधिकांश समय बिदामा बसे । एआइजी आएकै दिन बिदा बसेका डिआइजी मंसिर पहिलो साता प्रदेश प्रमुखको सरुवा भएपछि पनि अधिकांश समय देखा नपरेको बताइन्छ ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एआइजी भट्टलाई हठात् सरुवा गरेर उनको ठाउँमा जिम्मेवारी एआइजी माधव नेपाललाई दियो । चन्द नेपाल आएपछि पनि प्रायः बिदामै रहे ।

कुनै बेला डिआइजीले क्षेत्र चलाउँथे, त्यतिबेला उनकै बोलवाला हुन्थ्यो, अधिकार उनैसँगै थियो, एक प्रहरी अधिकृत भन्छन्, ‘तर नयाँ संरचनामा एआइजीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएपछि डिआइजी अधिकारविहीन भए, ओझेलमा परे । त्यही कारण पनि कार्यक्षेत्रमा कम खटिएका हुन सक्छन् । डिआइजी चन्दले भने संगठनले दिएको जिम्मेवारी सहर्ष स्वीकार गरेको बताए । म असन्तुष्ट भएर होइन, काम र आवश्यकताले बिदा बसेको हुँ’, डिआइजी चन्दले भने, ‘संगठनले जे जिम्मेवारी दिएको छ, त्यो निर्वाह गरेको छ’ । डिआइजी मात्र होइन, एआइजीको भूमिका पनि स्पष्ट छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७