अदालत गेटमै व्यवसायीमाथि खुकुरी हानेर भागेका व्यक्ति भक्तपुरबाट पक्राउ


८ असार २०७९, बुधबार
rames rajbahak 7GfjUo3yOw

काठमाडौँ । अदालतको गेटमै व्यवसायीमाथि खुकुरी प्रहार घटनाका योजनाकार नौ महिनापछि पक्राउ परेका छन् । भक्तपुरका रमेश राजवाहकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज (बुधबार) पक्राउ गरेको हो ।

१० असोज २०७८ मा उच्च अदालत, विराटनगरको गेटमा व्यवसायी कमलसिंह लामामाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार गर्ने महम्मद साजिद मियाँ र विमल कार्कीलाई त्यतीबेला नै प्रहरीले पक्राउ गरेको अनुसन्धानको क्रममा राजवाहकले खुकुरी हान्न लगाएको खुलेको थियो । तर, राजवाहक फरार रहँदै आएका थिए ।

मध्यपुर ठिमीको सानोटारबाट उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको सिआइबीका एसपी कमल थापाले जानकारी दिए । उनीविरुद्ध जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता छ ।

कम्पनीको मुद्दामा अदालत गएका बेला लामामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइएको थियो । मोरङको कटहरी गाउँपालिका -६ मा रहेको मोरङ राजधानी ईटा उद्योगामा लामाले लगानी गरेका थिए । कम्पनीको विवाद अदालत पुगेपछि उनलाई खुकुरी हानेर हत्या गर्न खोजिएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७