काठमाडौं महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित


८ असार २०७९, बुधबार
balen sha

काठमाडौँ । काठमाडौं महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्म पारित भएको छ । आज (बुधबार) बसेको ११ औं नगरसभाको दोस्रो बैठकबाट नीति तथा कार्यक्रम सर्वसम्मत (१०० प्रतिशत भोटसहित) पारित भएको हो ।

नगरसभाको बैठक दिउँसो ३ बजेदेखि बसेको हो । यो बैठकमा यसअघि काठमाडौं महानगरका प्रमुख बालेन शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्नेबारे छलफल भएको थियो । मेयर शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि वडाअध्यसहितसँग थप सुझाव मागिएको थियो ।

वडाअध्यक्षहरुले नीति तथा कार्यक्रम अध्ययन गरेर सुझाव महानगरपालिकामा दिएका थिए । तिनै सुझावअनुसार थप संशोधनसहित महानगरपालिकाले नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७