खेलाडीहरुको कारबाही फुकुवा, सबैलाई स-सम्मान प्रशिक्षणमा बोलाउने एन्फाको निर्णय


८ असार २०७९, बुधबार
anfa
फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कारबाहीमा परेका सबै खेलाडीलाई स-सम्मान आगामी प्रशिक्षणमा बोलाउने खेलाडीहरुको कारबाही फुकुवा, सबैलाई स-सम्मान प्रशिक्षणमा बोलाउने एन्फाको निर्णय गरेको छ । प्रशिक्षणकसँग विवाद हुँदा राष्ट्रिय टोलीका १० जना खेलाडी मैदान छाडेका थिए ।

मैदान छाडेपछि अनुशासन उल्लंघन गरेको भन्दै अब्दुल्लाह अल्मुताइरीले रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राईलगायत १० खेलाडीलाई कारबाही गर्ने निर्णय गरेका थिए । खेलाडीसँग सम्बन्ध सुधारका लागि एन्फाका नव निर्वाचित कार्यसमितिले बुधबार उनीहरुको कारबाही फुकुवा गरेको हो ।

त्यस विषयमा छलफल र समन्वय गर्न महासचिव किरण राईलाई एन्फाले जिम्मेवारी तोकेको छ । गत सोमबार भएको साधारणसभाबाट पंकजविक्रम नेम्वाङ अध्यक्षमा विजयी भएका थिए । उनी निर्वाचित भएसँगै एन्फाको सुधारका लागि खटिने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७