अर्थमन्त्री डा. खतिवडाले जारी गरे श्वेतपत्र, देखाए सरकारका यी प्रमुख १४ चुनौती


१६ चैत्र २०७४, शुक्रबार
dr. youraj khatiwada

काठमाडौं, १६ चैत : अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभा वैठकमा श्वेतपत्र जारी गर्दै देशको अर्थ व्यवस्था निकै चुनौतिपूर्ण रहेको बताएका छन् । उनले सरकारको लक्ष्य मुलुकको आर्थिक समृद्धि भए पनि अहिलेको अवस्थामा राज्यको ढुकुटी रित्तो अवस्थामा रहेको जानकारी गराए । उनको श्वेतपत्र जारी गरेपछिको वक्तव्य चलिरहेको छ ।

dr. youraj khatiwada
अर्थमन्त्री डा. युवराज खतिवडा

 

अर्थ मन्त्रालयले मुलुकको आर्थिक अवस्था र भविष्यमा चाल्नुपर्ने रणनीतिसहितको श्वेतपत्र तयार पारेर संसदमा प्रस्तुत गरेको हो । अर्थ मन्त्रालयले शुक्रबार बिहान मात्र श्वेतपत्रलाई अन्तिम रुप दिएको थियो ।

अर्थमन्त्री खतिवडाले औंल्याएका आर्थिक चुनाति यस्ता छन् :
– मुलुकको अर्थ व्यवस्था चुनौतिपूर्ण छ ।

– गैरबजेटरी नियन्त्रण गर्ने विषय चुनौतिपुर्ण छ राजस्वको दायरा संकुचित छ ।

– विदेशी सहायता, विप्रेशण, विदेशी मुद्राको लगानी सनतोषजनक छैन ।

– पूँजी पलायन तीव्र छ, पूँजी निर्माणका क्रियाकलाप सुस्त छन् ।

– अपवाद बाहेक मुलुकका आयोजनाहरु समयमै पुरा हुन सकेका छैनन । वितरणमुखि योजनामा होडबाजी छ ।

– राज्यको ढुकुटी खाली छ ।

– प्रशासनिक खर्च बृद्धि भएको छ ।

– दीर्घकालीन आयको समुचित व्यवस्थापन हुन सकेको छैन ।

– उत्पादन लागत र व्यापार घाटा बढेको छ ।

– दोहोरो अंकको ब्यापार घाटा छ ।

– रोजगारीमुलक क्षेत्रमा आय बढाउनुपर्नेछ ।

– उद्योग क्षेत्र प्रतिस्पर्धी हुन सकेका छैनन् ।

– मुलुक अनौधिकीकरणबाट गुज्रेको छ ।

– श्रम बजारमा थपिने ५ लाखलाई नेपालमै रोजगार दिने व्यवस्था कठिन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७