नेदरल्याण्डविरुद्धको एक दिवसीय क्रिकेट श्रृङ्खलामा इङ्ल्याण्डको ‘क्लिन स्वीप’


९ असार २०७९, बिहीबार
england NblpFo3B0C

काठमाडौँ । इङ्ल्याण्डले नेदरल्याण्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ । तेस्रो एक दिवसीय खेमा इङ्ल्याण्डले ८ विकेटले विजयी हुँदै ‘क्लिन स्वीप’ गरेको हो । आर्मस्डममा नेदरल्यान्डले दिएको २४५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ३० ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टाएको थियो ।

उसका जासन रोयले अविजित १०१ रनको शतकीय पारी खेले । यस्तै जोस बट्लरले अविजित ८६ रन जोडे । फिल साल्ट ४९ रनमा आउट भए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले स्कट एडवार्डको ६४ तथा म्याक्स ओ दाउदको ५० र बास दि लिडको ५६ रन मद्दतमा २४४ रन बनाएको थियो । इङ्ल्याण्ड पहिलो खेलमा २ड३२ रन र दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७