विप्लव नेतृत्वको नेकपाका चार नेताले छाडे पार्टी


९ असार २०७९, बिहीबार
om prakash pun


कैलाली ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिट ब्युरो सदस्य सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले पार्टीबाट राजीनामा दिएका छन् ।

पार्टीबाट सामुहिक राजीनामा दिएको पुष्टि गर्दै ओमप्रकाश पुनले भने, ‘कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणलाई महसुस गयौं । हाम्रो नेतृत्व अहिले यो दिशामा जाने स्थिति देखिएन । टुटफुट र विभाजित भएका कम्युनिष्ट शक्तिहरू स-साना समूहमा बसेर हुँदैन ।’

विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्व केन्द्रीय सदस्य तथा सेती इञ्चार्ज शंकरबहादुर खड्का, नवौैं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इञ्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इञ्चार्ज एवंम् विशेष कमिटी सदस्यले सामुहिक राजीनामा दिएका हुन् ।

उनीहरुले बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निणर्यमा पुगेको जनाएका छन् । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको बलमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामुहिक आवश्यकता महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निणर्य गरेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७