बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


९ असार २०७९, बिहीबार
gold

काठमाडौँ । सुनचाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैंयाँले बढेर ९७ हजार ५०० रुपैंयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैंयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० रुपैंयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २५० रुपैंयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७