नेकपा एसको बैठक : मन्त्री हेरफेरकाे निर्णय कार्यान्वयन अब दिनमा होइन घण्टामा


९ असार २०७९, बिहीबार
Samajbadi sachibalaya
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले चाँडै नै मन्त्रीहरू हेरफेर हुन लागेको जनाएको छ ।
आज (बिहीबार) काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले चाँडै नै मन्त्रीहरू हेरफेरको निणर्यलाई कार्यान्वयनमा जोड दिइने बताए ।

उनले भने, ‘अब दिनहरूमा होइन, घण्टाहरूमा मन्त्री हेरफेर गर्ने दिशातिर लागिरहेका छौं ।’ उनले मन्त्रीमा सिफारिस गरिएका नयाँ नाम हेरफेर नहुने पनि बताएका छन् । ६ महिनाभित्रै मन्त्री हेरफेर गर्ने सहमतिअनुसार निणर्य गरिएको र निर्णय सबैले मान्नुपर्ने उनले बताए ।

एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निणर्य यसअघि नै भइसकेको छ । यही असार १० गते बस्ने पार्टीको पोलिटब्युरो, ११ गते बस्ने केन्द्रीय कमिटीको बैठकलगायत कार्ययोजनाका बारेमा पनि छलफल भएको उनले जानकारी दिए । बैठकमा संघीय निर्वाचनबारे पनि छलफल गरिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७