घुस अडियो प्रकरण : न्यायाधीश र अधिवक्तालाई पक्राउ गर्न राप्रपाको माग


९ असार २०७९, बिहीबार
kathmandu nyayadhis1655885885

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई करोड घुसको डिल गर्ने न्यायाधीश र अधिवक्तालाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गर्दै न्याय परिषद्मा निवेदन दर्ता गरेको छ ।

पार्टीको सुशासन विभागका प्रमुख तथा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले घुस काण्ड सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीस राजकुमार पोखरेल र अधिवक्ता रुद्र पोखरेललाई पक्राउ गरि थप अनुसन्धान गर्न निवेदन दर्ता गराएको हो ।

निवेदन दर्तापछि शाहीले तत्काल उनीहरुलाई पक्राउ नगरे थप आन्दोलन गर्ने र सर्वोच्चमा रिट दायर गरिने चेतावनी दिए । मुलुकका बिधिको शासन कायम गर्न पनि सबैलाई बराबरको कानून हुनुपर्ने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७