सांसद तामाङको प्रश्न : अढाई बर्ष भयो, गाँजासम्बन्धी विधेयकमा किन भएन छलफल ?


९ असार २०७९, बिहीबार
Sher Bahadur Tamang scaled

काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेका सांसद शेरबहादुर तामाङले संसदमा विचाराधीन अवस्थामा रहेको गाँजासम्बन्धी विधेयक पास गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा सांसद तामाङले संयुक्त राष्टसंघले समेत गाँजालाई वैधानिकता दिएको भन्दै नेपालमा पनि यसलाई छिटोभन्दा छिटो वैधानिकता दिनुपर्ने बताए ।

उनले साढे दुई वर्ष भयो, गाँजासम्बन्धी वियेकमा अहिलेसम्म किन भएन छलफल भनेर प्रश्न समेत सोधेका छन् । उक्त विधेयक पास हुनेबारे धेरैले प्रश्न गरिरहेको बताउँदै उनले यसमा जनताको तर्फबाट समर्थन रहेको जिकिर गरे । गाँजाको प्रयोगबाट बनेका औषधिले एड्स, क्यान्सर, छारे जस्ता जटिल रोग निको हुने भन्दै उनले यसलाई वैधानिकता दिनुपर्ने बताए ।

‘नेपालमा जताजतै उत्पादन हुने गाँजालाई वैधानिक गरौँ,’ उनले भने, ‘बाँझो रहेका कृषियोग्य भूमि र बेरोजगार युवालाई यसको व्यवसायमा लगाउन सकिन्छ । यसले देशको आर्थिक अवस्थामा पनि सुधार ल्याउँछ ।’ गाँजासम्बन्धी विधेयक करिब साढे दुई वर्षदेखि संसदमा अड्किएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७