अफगानस्तान भूकम्प : तालिवानले सहयोगका लागि गुहार्‍यो अन्तर्राष्ट्रिय समुदाय


९ असार २०७९, बिहीबार
getty images31655970640

काबुल । अफगानिस्तानमा ६.१ म्यानिच्युडको विनाशकारी भूकम्पपछि आर्थिक सहायताको लागि तालिवानले अन्तर्राष्ट्रिय समुदायमाझ अपिल गरेको छ ।

उक्त भूकम्पका कारण एक हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने कम्तीमा एक हजार पाँच सय मानिस घाइते भएका छन् । भग्नावशेष र प्रायः माटोले बनेको भग्नावशेषमा अझै कयौं संख्यामा मानिसहरू गाडिएका छन् ।

भूकम्पले दक्षिण पूर्वी पाक्टिका प्रान्तलाई सबैभन्दा नराम्रो असर गरेको छ भने संयुक्त राष्ट्रसंघले आपतकालीन आश्रय र खाद्यान्न सहायता उपलब्ध गराउन प्रयास गरिरहेको बीबीसीले जनाएको छ । उद्धार कार्यमा भारी वर्षा र स्रोतको कमीले गर्दा अप्ठ्यारो परेको बताइएको छ ।

भूकम्पबाट बाँचेका र उद्धारकर्ताहरूका अनुसार भूकम्पको केन्द्रविन्दु नजिकका गाउँहरू पूणर् ध्वस्त, सडकहरू भत्किएका र टेलिफोनका टावरहरू अवरुद्ध भएको छ । मृतकको संख्या अझ बढ्न सक्ने उनीहरूलाई डर भएको बताएका छन् ।
पश्चिमी राष्ट्रहरूको समर्थनमा बनेको सरकार गत वर्ष पतन भएपछि सत्ता हासिल गरेका तालिवान सरकारको लागि दुई दशकमा आएको सबैभन्दा खतरनाक भूकम्प ठूलो चुनौती बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७