एनआरएनए महासचिवमा बद्री केसीको पुनः उम्मेदवारी


३० आश्विन २०७४, सोमबार
Dr. Badri KC बद्री केसी 2

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए)का वर्तमान महासचिव डा.बद्री केसीले महासचिव पदमा पुन उम्मेदवारी दिएका छन् । डा.केसीले सोमबार बिहान महासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

Dr. Badri KC बद्री केसी 2

एनआरएनएको छैटौँ कार्यसमितिका लागि सोमबार निर्वाचन हुँदै छ । एनआरएनएका महासचिव पदमा हङकङका यामकुमार (त्रिलोक) गुरुङ र बेल्जियमका अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

एनआरएनएको परिकल्पना, स्थापना र बिकासमा उनको योगदान र भुमिका निकै महत्वपूर्ण मानिन्छ । एनआरएनएको केन्द्रीय सदस्य कोषाध्यक्ष हुदैं हाल महासचिवको जिम्मेवारीमा रहेका केसीले संस्थाको सांगठानिक कामलाई थप व्यबस्थित बनाउने उम्मेदवारी दिएको बताए । उनले भने,‘यो संस्था जन्माउनेदेखी यो संस्थालाई बाटो र उज्यालो दिनेहरुको सल्लाह र जोडका कारण महासचिव पदमा फेरि उम्मेदवारी दिने योजना बनाएको हुँ । हाम्रो विधान अनुसार एउटा पदमा एउटा व्यक्तिले दुुई कार्यकाल काम गर्न सक्ने प्रावधान छ । एनआरएनका अभियान्ताहरु तथा मेरा साथिहरुले महासचिव मै बसेर काम गर्नुर्पयो भन्ने अनुरोध आएका कारणले फेरी पनि महासचिवमा र्दोयाउने निर्णय गरेको हुँ ।’

कोषाध्यक्षको जिम्मेवारीमा छदा उनले अघि सारेका संस्थाको दिर्घकालिन आर्थिक योजना र व्यबस्थापनको कारण उनी लोकप्रिय बनेका थिए । उनको कार्यकालमा नउठेको अन्तराष्ट्रिय समन्वय समितिको सदस्यता शुल्क चुक्ता भयो । संघमा सञ्चित रकमलाई टेन्डर मार्फत् बढी ब्याज आउने बैंक खातामा जम्मा गराउने काम भएको थियो सातौं विश्वसम्मेलनबाट महासचिवमा निर्वाचित भए लगत्तै उनले एनआरएनएका सदस्यतादेखी संस्थाका सांगठानिक र व्यवस्थापकीय काममा आमुल परिवर्तन गरेका थिए ।

नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा १ सयभन्दा बढीले उम्मेदवारी दिएका छन् । सोमबार २३ पदाधिकारी र १४ जना कार्यसमिति सदस्यका लागि करिब १ सयजनाले उम्मेदवारी दर्ता गराएको एनआरएनए निर्वाचन अधिकृत शिव रिजालले जानकारी दिए ।

एनआरएनए नेतृत्वका लागि अध्यक्ष पदमा तीनजनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी दुई वर्ष एनआरएनको नेतृत्व गर्न एनआरएनएका वर्तमान उपाध्यक्ष भवन भट्ट, एनआरएनए आइसिसी सदस्य जमुना गुरुङ र टिबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनएको उपाध्यक्षमा चिरञ्जीवी थापा, खगेन्द्र जिसी, कुल आचार्य, कुमार पन्त, रबिना थापालगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै, महिलातर्फको उपाध्यक्षमा सकिला राजभण्डारी र रञ्जु थापाले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्षमा मुक्षेत्र गुरुङ, हिक्मत थापाले उम्मेदवारी दिने बताएका छन् । निर्वाचनमा १ हजार ८ सय ५१ जना प्रतिनिधिले भाग लिने निर्वाचन अधिकृत रिजालले बताए ।

यो पनि पढ्नुहोस् :-

सपनाको भारीले थिचिएका बद्री

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७