यूएईविरुद्ध नेपाल फिल्डिङमा, यस्तो छ टिम


१० असार २०७९, शुक्रबार
UAE Vs Nepal

काठमाडौं । एसीसी महिला ट्वान्टी-ट्वान्ट च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज (शुक्रबार) यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मलेसियाको किनरारा ओभलमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर पहिले फिल्डिङ रोजेकी हुन् । यूएईले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाल र यूएईबीच यसअघि तीन प्रतिस्पर्धा भएको छ । जसमा दुई खेल नेपाल र एक खेल यूएईले जितेको छ ।

यूएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । नेपाल भने समूह ‘बी’ को उपविजेता टोली हो । यूएईले ४ खेलमा ७ अंक जोडेको थियो भने मलेसिया ६ अंक जोडेर समूह उपविजेता बनेको थियो ।
समूह ‘बी ’मा नेपालले ४ खेलमा ६ अंक जोडेको थियो । यो समूहबाट हङकङ ८ अंक जोडेर समूह विजेता बनेको थियो ।

नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

यस्तो नेपाली टिम
रुविना क्षेत्री (कप्तान), अप्सरी बेगम, अस्मिना कर्मचार्य, डली भट्ट, इन्दु बर्मा, ज्योति पाण्डे, कविता कुँवर, विन्दु रावल, ममता चौधरी, संगीता राई, सीता रानामगर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७