यातायात कार्यालयबाट ९ जना बिचौलिया पक्राउ (नामावलीसहित)


१६ चैत्र २०७४, शुक्रबार
bichauliya

काठमाडौं, १६ चैत : प्रहरीले यातायात व्यवस्था कार्यालयको बाग्मती मोटरसाइकल शाखा, सतुंगलबाट प्रहरीले ९ जना बिचौलियालाई पक्राउ गरेको छ । विचौलियाले आश्यकताभन्दा दश गुणा बढी रकम लिएर सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो बढेपछि कार्यालयमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।bichauliya

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार महानगरीय प्रहरी प्रभाग, बलम्बुका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाएको छ । उनीहरुविरुद्ध सार्वजनिक अपराध अन्तरगत म्याद थप गरी अनुसन्धान थालिएको छ ।

पक्राउ पर्नेहरुको नामावली :-

१) काठमाण्डौं च.न.पा.२, वाडभन्ज्याङका ४२ वर्षीय सानु कुमार भुर्तेल

२) काठमाण्डौं नागार्जुन न.पा.७ का ३३ वर्षीय रबिन तामाङ

३) रामेछाप ओखरेनी(७ का २६ वर्षीय रोशन कार्की

४) मकवानपुर, हाडीखोला गा.पा.३ घर भइ ललितपुर(१४ का २३ वर्षीय पृथ्वी कार्की

५) ललितपुरको महालक्ष्मी न.पा.९ का ३४ वर्षीय किरण तामाङ

६) धादिङ निलकण्ठ न.पा. १४ घर भई ललितपुर सातदोबाटो बस्ने २५ वर्षीय रबी शाह

७) ललितपुरका २५ वर्षीय शुनिल महर्जन

८) पर्सा पटेर्वा(२ का २३ वर्षीय अनिल कुमार चौधरी

९) काठमाण्डौ च.न.पा.८ का ३७ वर्षीय अशोककुमार बलामी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७