यूएईले दियो नेपाललाई ८२ रनको लक्ष्य, अस्मिनाले लिइन् ५ विकेट


१० असार २०७९, शुक्रबार
cricket1

काठमाडौँ । अस्मिना कर्माचार्यको उत्कृष्ट बलिङ प्रदर्शनपछि नेपालले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा ८२ रनको लक्ष्य पाएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १९.५ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनायो । नेपाली बलरसामु यूएईका ब्याटर टिक्न सकेनन् ।
यूएईका लागि बैष्णभी महेशले १६, ईशा ओजाले १५, छायाँ मुगलले १४ र खुशी शर्माले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेन ।
नेपालका लागि कर्माचार्यले पाँच विकेट लिइन् । उनले ३.५ ओभरमा १० रन मात्रै खर्चिन् । जसमा १६ बलमा रन दिइनन् । त्यस्तै नेपालका लागि इन्दु बर्माले तीन र सीता राना मगरले दुई विकेट लिए । अब नेपालले ब्याटिङ गर्नेछ । तर, वर्षा भइरहेकाले खेल रोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७