प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति घोषणा, यस कारण पहिलो प्राथमिकतामा भारत


१६ चैत्र २०७४, शुक्रबार
Pm Kp oli

काठमाडौं, १६ चैत : परराष्ट्र मन्त्रालयले आज प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमणको मिति घोषणा गरेको छ । उनी चैत २३ देखि २५ सम्म भारत भ्रमणका लागि जाने भएका छन् । ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् ।Pm Kp oli

ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेको थियोे । तर नेपालले एक दिन पहिला हुने जवाफ पठायो । भारतले ओलीको अनुकूल हुने गरी चैत २३–२५ मा सहमति जनाएको छ । पहिलो प्रधानमन्त्रीका रूपमा ओलीले २०७२ फागुन ७ देखि ११ सम्म भारत भ्रमण गरेका थिए । दोस्रो पटक प्रधानमन्त्री भएका ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन पटक फोनबाट र एक पटक औपचारिक पत्र पठाइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७