जापानकाे नारितामा ‘फस्ट डाइमण्ड कप’ हुँदै


११ असार २०७९, शनिबार

जापान, ११ असार । चिबाकेनको नारिता सिमा जापानब्यापी फस्ट डाइमण्ड कप-२०२२ (1st DIAMOND  Cup–2022) फुट्सल प्रतियोगिता अगस्ट ७ मा हुने भएको छ ।

‘स्वास्थको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ अगस्ट ७ तारिख उक्त प्रतियोगिता गर्न लागिएको डाइमण्ड नारिताका उपाध्क्ष एजिन राईले जानकारी दिएका छन् ।

जापानमा रहेका संघ सँस्था तथा क्लबहरुलाई सहभागिताका लागि पत्राचार गरिसकिएको र यदि प्राविधिक कारणबस् छुटेकाहरुलाई मिडियामा आएका समाचारका आधार मानेर समेत प्रतियोगितामा उपस्थितीका लागि आग्रह गरेका छन् ।

जापानमा रहेका नेपालीहरुबीच भाइचारा, मेलमिलाप र आपसी सद्भावलाई अझ प्रगाढ बनाउनका लागि पहिलो पटक नारितामा जापानब्यापी प्रतियोगिता गराउन लागिएको हो ।

नेपाली कला र सँस्कृतिको जगेर्ना गर्ने हेतुले प्रतियोगिताको बीचमा स्थानीय कलाकारहरुको नृत्य पनि समाबेश गरिने जनाइएको छ ।

प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको र सबै टिमले जुलाइको २५ तारिखसम्ममा आफ्नो टिम दर्ता गर्न संस्थाका महासचिब हिरा थापामगरले अनुरोध गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७