अस्ट्रेलियाले श्रीलङ्कालाई हरायो


११ असार २०७९, शनिबार
asustralia gLinYBzHLu

कोलम्बो । घरेलु टोली श्रीलङ्कासँगको पाँचौँ तथा अन्तिम एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ ।
कोलम्बोमा गए राति भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई ४ विकेटले हराएको हो । तर, पाँच खेलको श्रृङ्खला यसअघि नै श्रीलङ्काले जितिसकेको छ । अन्तिम खेलमा श्रीलङ्काले दिएको १६१ रनको लक्ष्य अस्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

अस्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रन जोडे । मार्नुस लावुसेनले ३१ र क्यामरुन ग्रीनले अविजित २५ रन बनाए । श्रीलङ्काका दिनुथ वेलालेजले ३ तथा महिस थिक्सनाले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले ४३ ओभर १ बलमा अलआउट हुँदै १६० रन बनाएको थियो ।

श्रीलङ्काका चामिका करुनारत्नेले ७५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कुशल मेन्डीसले २६ रन जोडे । अस्ट्रेलिया पहिलो खेलमा दुई विकेटले विजयी भएको थियो । श्रीलङ्का दोस्रो खेलमा २६ रन, तेस्रो खेलमा ६ विकेट र चौथो खेलमा ४ रनले विजयी हुँदै श्रृङ्खला जितेको थियो । त्यसअघि भएको तीन खेलको टी-२० श्रृङ्खला अस्ट्रेलियाले जितेको थियो । यी दुई देशबीच दुई टेस्ट श्रृङ्खला पनि हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७