सन्तुष्टिको हिसाबले मोटी कि पातली युवती ठिक ?


१६ चैत्र २०७४, शुक्रबार
girl 1

काठमाडौं, १६ चैत : मानिसहरू धेरै भन्दा धेरै सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन् । कतिले त यौन सन्तुष्टि पाउने नाममा लिङ्गको आकार बढाउनु पर्छ भन्ने ठान्छन् । सञ्चारमाध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिङ्गको आकार बढाउन औषधि समेत प्रयोग गर्छन् । girl 1

लिङ्गको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ । यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिङ्गको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थियो । उनीहरूले यौन आनन्दमा लिङ्गको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए । लिङ्ग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन् । पुरुषहरू आफ्नो लिङ्गको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ । अझ ब्लू फिल्ममा जस्तै पुरुषको लिङ्ग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू ।

अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिङ्गको लम्बाइ ३.४ देखि ३.७ इन्च र उत्तेजित लिङ्गको लम्बाइ ५.१ देखि ५.७ इन्च हुन सक्ने जनाएको छ । यौन सन्तुष्टि लिङ्गको आकारभन्दा पुरुष महिलाबीचको प्रेममय क्रिडामा भर पर्छ । बजारमा लिङ्ग बढाउने नाममा धेरै किसिमका साधन पाइन्छन् । तीमध्ये पम्पहरू बढी प्रचलित छन् । तर, पम्प प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ । नत्र यसले लिङ्गलाई चोट पु¥याउन सक्छ। लिङ्गको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ । ठूलो लिङ्ग योनीभित्र बलपूर्वक छिराउँदा योनीमा चोट पनि पुग्न सक्छ । लामो लिङ्ग महिलाको योनीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ ।

त्यसैले ठूलो र मोटो लिङ्गले महिलालाई चरम यौन आनन्द दिन्छ भन्नु गलत हो । लिङ्गको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरा मात्र हो तर यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो । महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौन आनन्द दिन सक्दैन । न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ । सम्भोग एक कला हो । सम्भोगअघि प्राकक्रीडालाई धेरै समय दिनुपर्छ । हतार–हतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ । सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ । न्युयोर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याई दिने गुण भएको उल्लेख छ । रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइ दिने उल्लेख छ । लामो समय सम्भोग नगरेका महिलाहरु एक पटक सम्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७