नक्खु कारागारमा रहेका सञ्जय साहविरुद्ध ३२ करोडको सम्पति शुद्धिकरण मुद्दा


१६ चैत्र २०७४, शुक्रबार
1522409375

काठमाडौं, १६ चैत : नक्खु कारागारमा रहेका सञ्जय साहविरुद्ध ३२ करोडको सम्पति शुद्धिकरणको मुद्दा दर्ता भएको छ । सम्पति शुद्धिकरण अनुसन्धान विभागले साहविरुद्ध विशेष अदालतमा सम्पति शुद्धिकरण मुद्दा दर्ता गरेको हो । विभागले आज अदालतमा ३२ करोड चार लाख रुपैयाँ गैरकानुनी ढङ्गबाट कमाइएको भन्दै मुद्दा दर्ता गरेको हो ।1522409375

उनीबिरुद्ध कर्तब्य ज्यान, अपहरण, बम बिष्फोटन, जवरजस्ती चन्दा असुली समेतका आपराधिक क्रियायाकलाप हरुबाट गैरकानुनी तवरले ठूलो परिमाणमा चल अचल सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग

प्रेस विज्ञप्ति

मितिः– २०७४–१२–१६

गरी सम्पत्ती शुद्धिकरण (मनि लाउण्ड्रिङ) निवारण ऐन,२०६४ बिपरीतको कसूर अपराध गरेको भन्ने समेतका व्यहोरा उल्लेख भई धनुषा जिल्ला साविक लोहना(२ हाल ज.न.पा(२५ घर भै हाल मुद्दाको पुर्पक्षका क्रममा नख्नु ललितपुर स्थित कारागारमा थुनामा रहेका संजय कुमार साह समेतका विरुद्ध सम्पत्ति शुद्धीकरणको कसूरमा यस विभागमा दर्ता हुन आएको उजुरी उपर अनुसन्धान तहकिकात गर्न तोकिएको निकाय प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज काठमाडौँबाट अनुसन्धान तहकिकात हुँदा प्रतिवादी संजय कुमार साहले अपराधन्य कार्यहरु कर्तव्य ज्यान, भ्रष्टाचार, हातहतियार तथा खरखजना सम्बन्धी कसुर अपराध गरी कुल रु.३२,०४,५०,३०४।७६ ( वतिस करोड चार लाख पचास हजार तीनसय चार रुपैया पैसा छयहत्तर मात्र) बराबरको चल अचल सम्पत्ति साधन आर्जन गरी त्यस्तो सम्पत्ति तथा साधन बाबु साधुसाह सुडी, आमा दुलारी देबी साह, श्रीमती रंगीला कुमारी साह, भाई राम कुमार साह, मनोज कुमार सिंह, नीलम सिंह, राम मिलन राउत कुर्मी, ओम प्रकाश यादब, सुजित कुमार पाण्डे समेतका कुल १२ जना प्रतिवादीहरु समेतको मिलेमतोमा घरजग्गा, फर्म, कम्पनीको शेयर, सवारी साधनहरुमा लगानी गरी अपराधजन्य कार्यबाट आर्जित सम्पत्तिको गैरकानूनी स्रोत लुकाई छिपाई नयाँ कानूनी स्रोत, स्वामित्व समेत सिर्जना गरी वैधानिक स्रोतको देखाई सम्पत्ति शुद्धीकरण गर्ने बदनियतले साविक सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) ले निषेधित दफा ४ को देहाय (क) तथा दफा २८ बमोजिमको कसुर, साविक सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को (पहिलो संशोधन) २०६८ को दफा ३ को उपदफा(१) ले निषेधित दफा ४ को देहाय (घ) र (ठ) तथा दफा २८ बमोजिमको कसुर र प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को (दोश्रो संशोधन) २०७० को दफा ३ को उपदफा (१) को देहाय (क),(ख),(ग),दफा ३ को उपदफा (३) तथा दफा २८ को उपदफा (१) बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएको देखिँदा त्यस्तो कसुर अपराध गर्ने प्रतिवादी संजय कुमार साहलाई बिगो रु.३२,०४,५०,३०४।७६(बत्तीस करोड चार लाख पचास हजार तीनसय रुपैया छयहत्तर पैसा मात्र) र अन्य प्रतिवादीहरुलाई समेत कसुरको मात्रा अनुसार वीगो कायम गरी साविक सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा १ को देहाय (क), साविक सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४(पहिलो संशोधन) २०६८ को दफा ३० को उपदफा (२) तथा प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४को (दोस्रो संशोधन) २०७० को दफा ३० को उपदफा (१) बमोजिम सजाय हुन र प्रतिवादीहरुका नाउँमा रहे भएको सम्पत्ति तथा साधन समेत साविक सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३४ को उपदफा (१) तथा प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन (दोस्रो संशोधन समेत), २०६४ को दफा २८को उपदफा (२) र दफा ३४ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदावी लिई सम्मानित विशेष अदालत काठमाडौँ समक्ष मिति २०७४र१२र१६ मा अभियोग पत्र दायर गरिएको छ ।

सूचना अधिकारी–प्रबक्ता

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७