सितोरियो कराते मलेशियाका संस्थापक अध्यक्ष कोइराला सम्मानित


३० आश्विन २०७४, सोमबार
yogendra koirala mm

 

काठमाडौं :  नेपाली प्रवासी सितोरियो कराते संघ मलेशियाका संस्थापक अध्यक्ष तथा प्रमुख प्रक्षिक योगेन्द्र कोइराला सम्मानित भएका छन् ।yogendra koirala mm

बालाजु कराते डो प्रतिष्ठान नेपालले उनलाई सोमबार एक कार्यक्रम गरि सम्मान गरेको हो । उनलाई बालाजु प्रतिष्ठान अध्यक्ष तथा प्रमुख प्रशिक्षक धुर्ब बिक्रम मल्लले सम्मान गरे ।

नेपालको बिराटनगर ५ मोरङ्ग स्थायी घरमा भएका योगेन्द्र कोइराला १६ बर्षदेखि मलेसियामा रहदै कराते खेल मार्फत देशको सम्मान बढाउने कार्यमा लागि रहेका छन् । उनी एशियन कराते महासंघ काता जज ‘ए’ पनि हुन् । सम्मनित कोइराले नयाँपेजसगँ कुरा गदै भने यो सम्मानले मलाई हौसला मिलेको र थप जिम्मेवारी थपिएको भन्दैँ खुसी ब्यक्त गरे ।  खेलकुद क्षेत्र बिकासका लागी आफु लागि रहेको आफुले सक्ने योग्दान गर्ने पनि बताए ।yogendra koirala

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७