क्यानडा श्रृंखलाका लागि सन्दीपको कप्तानीमा क्रिकेट टिम घोषणा


१२ असार २०७९, आईतवार
nepal cricket 11
फाइल फोटो

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा हुने श्रृंखला र क्यानडामा हुने दुई वटा एक दिवसीय अभ्यास श्रृंलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग-२ का ४ खेल खेल्ने छ । पहिलो खेल असार २७ गते नामिबियासँग हुनेछ ।

अमेरिकामा भएको लिग-२ को ओमान समेत सम्मिलित श्रृंखलामा १ खेल जितेको नेपालले २ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । लिग-२ मा अहिलेसम्म १६ खेल खेलेको नेपाल १५ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।
घोषित टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शरार्फ र विनोद भण्डारी छन् ।

यसअघि क्यानडामा नेपाल र घरेलु टोलीबीच हुने भनिएको २ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यसअघि जुन २८ र जुन २९ मा नेपाल र क्यानडाबीच दुई खेलको टी-ट्वान्टी श्रृंखला हुने तालिका रहेको थियो ।

क्यान अनुसार अब नेपाल र क्यानडाबीच दुई खेलको एक दिवसीय श्रृंखला हुनेछ । नेपाल र क्यानडाबीच जुलाई ४ र जुलाई ५ मा दुई खेलको एक दिवसीय श्रृंखला हुने तालिका रहेको छ । एकदिवसीय श्रृंखला अघि नेपाल र क्यानडाको ओन्टारियो क्लबबीच अभ्यास खेल हुनेछ । नेपाली टिम जुन २८ मा क्यानडा पुग्ने तालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७