नेप्से ९५ अंकले बढ्यो, चार दर्जन बढी कम्पनीको शेयरमा सकारात्मक सर्किट


१२ असार २०७९, आईतवार
Share 1

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से करिब १०० अंकले बढेको छ । आइतबार बजार परिसूचक नेप्से ९४.९२ अंक (५.१०) प्रतिशतले बढेर १९५६.९८ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा हरियाली छाउँदा कारोबार रकम पनि दुई अर्ब नाघेको छ । लगानी उपसूचक ८.८७ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ८.३ प्रतिशत, व्यापार उपसूचक ७.७९ प्रतिशत र वित्त कम्पनी र हाइड्रोपावर उपसूचक समान ७.७७ प्रतिशतले बढेका छन् । आज दिनभर बजारमा कुल दुई अर्ब १९ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार हुँदा कुमारी बैंकको सर्वाधिक आठ करोड ६४ लाख र हिमालयन डिस्टिलरीको आठ करोड ३८ लाखको शेयर कारोबार भएको छ ।

आज बजारमा दिनभर १९५ कम्पनीको सेयर कारोबार भएकामा १९४ कम्पनीको शेयर मूल्य बढेको छ । आज कारोबारमा आएकामध्ये चार दर्जना बढी कम्पनीको शेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यसमध्ये २१ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

बजेटपछि शेयर बजारमा लगातार गिरावट आइरहेको थियो । यही असार १ गते लगानीकर्ता तिलक कोइराला आमरण अनसन बसेपछि झनै घटेको थियो । गएको शुक्रबार नेपाल धितोपत्र बोर्डसँग १९ बुँदे सहमति गर्दै कोइरालाले अनशन तोडेका थिए । शुक्रबार नै दोहोरो अंकले बढेको नेप्से आज करिब १०० अंकको उच्च वृद्धि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७