कांग्रेस नेता खुमबहादुर खड्काको निधन


१६ चैत्र २०७४, शुक्रबार
khumbu bahadur s meet 22144

काठमाडौं, १६ चैत : नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खड्काको आज निधन भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेर नेता खड्काको निधन भएको पुष्टि गरेका छन् ।khumbu bahadur s meet 22144

उनी लामो समयदेखि विभिन्न रोगबाट ग्रसित थिए । नेपाली कांग्रेसले खड्काको उपचार अवस्थाबारे जानकारी लिन एक टोली समेत पठाएको थियो ।

को हुन् खुमबहादुर खड्का ?
दाङबाट कांग्रेसको राजनीति थालेका खड्का २०४८, ०५१ र ०५६ तीनपटक नै प्रतिनिधिसभाको सदस्य भए । २०४८ सालदेखि २०५८ सालसम्म ८ पटक मन्त्री भए । उनी धेरैपटक मन्त्री हुने व्यक्तिको सूचीमा पर्छन् ।

मन्त्री हुँदा उनले लरोतरो मन्त्रालय रोजेनन् । सिधै गृह र अरु मालामाल हुने मन्त्रालय सम्हाले । २०५१ सालमा एमालेको ९ महिने शासनकाल र २०५२ मा लोकेन्द्रबहादुर चन्दको पालामा बाहेक ०५८ अघिको हरेक सरकारमा उनको हालिमुहाली थियो । पावरफूल मन्त्री भएकाले उनलाई कसैले छुन सकेन । उनी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला पनि यिनी मन्त्री भए, शेरबहादुर देउवा भएको थिए ।
२०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा पर्नुअघिसम्म उनलाई सबैले मान्थे पनि । शक्तिशालीसँगै लोकप्रिय पनि थिए । तर जब उनले भ्रष्टाचारको मुद्दा खेपे, त्यसपछि यिनको लोकप्रियता घट्यो ।

२०६३ मा विशेषले सफाई दिएपछि उनी फेरी राजनीतिमा आए । कांग्रेसको १३औँ महाधिवेशनमा उनले देउवालाई सभापति बनाउनु महत्वपूर्ण भुमिका खेलेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७