गोदावरीबाट लुटिएको गाउँपालिका कर्मचारीको कार अत्तरियामा भेटियो


१३ असार २०७९, सोमबार
Car Kailaili1656326852

धनगढी । कैलालीको गोदावरी जङ्गलबाट नचिनेका भारतीय युवाको एक समूहले चालकलाई बाँधेर लुटेको कार वेवारिस अवस्थामा भेटिएको छ । प्रहरीले गोदावरी-१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडकखण्डमा कारलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिए ।

उनले कारको अवस्था ठिक रहेको तर, लुटेराहरु भने त्यहाँ नभएकाले खोजी भइरहेका बताए । लिफ्ट दिएर सँगै आएको भारतीय युवाको एक समूहले कैलालीको गोदावरीको जङ्गलबाट डडेल्धुराक अतिताल गाउँपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको कार लुटेका थिए । लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिट समेत गरेका थिए । उनलाई लुटेराले बाँधेर लुटेराहरू फरार भएका थिए ।

प्रहरीको खोजीपछि लुटेराले लुटेको भण्डारीको प्रदेश ०१-२३-च ६०२१ नम्बरको कार भेटिएको हो । कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७