कैलालीमा कर्मचारीको कार लुट्ने तीन भारतीय नागरिक पक्राउ


१३ असार २०७९, सोमबार
lutera

धानगढी । कैलालीमा गाउँपालिका कर्मचारीलाई कब्जामा लिई कार लुटेर भागेका तीन भारतीय नागरिक पक्राउ परेका छन् ।
कैलालीको गोदावरी जङ्गलमा चालकलाई बाँधेर लुटपाट गरी कार लिएर भागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई कैलालीको गोदावरी-१ स्थित जङ्गलबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा भारत हरियाण प्रदेश सोनीपथका २१ वर्षीय भगत सिंह, १८ वर्षीय हिल बिदलिसे र २० वर्षीय सन्नी जौट रहेका छन् । उनीहरूले लुटेको कार प्रहरीले गोदावरी- १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा फेला परेको छ ।

लिफ्ट मागेर सँगै आएको तीन जनाको समूहले कैलालीको गोदावरीको जङ्गलबाट डडेल्धुराको अतिताल गाउँपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको कार लुटेका थिए । लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिट समेत गरेका थिए । उनलाई लुटेराले बाँधेर लुटेराहरू फरार भएका थिए ।

कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७