दुई जिल्लाका प्रहरी हाकिमका घुमुवामाथि छानबिन


१६ चैत्र २०७४, शुक्रबार
police 2

हेटौंडा, १६ चैत । नेपाल प्रहरीको उजुरी छानबिन शाखाले तराईका २ जिल्लाका प्रमुखले राखेका घुमुवालाई नम्बर गणमा राखेर छानबिन गरिरहेको छ । मकवानपुर र पर्साका प्रहरी प्रमुखले राखेका घुमुवालाई अनियमित रुपमा आर्थिक लेनदेन गरेको उजुरीमा छानबिन सुरु गरेको छ ।

police 2
मकवानपुर प्रहरीका एसपी विकास खनालले राखेका घुमुवा नाजिर हुसेन र पर्साका एसपी गणेश रेग्मीले राखेका जयनारायण यादवलाई तानेर १ नम्बर गण नक्सालमा राखी छानबिन गरिरहेको छ । नाजिर हुसेन विगतमा मनहरी इकाला प्रहरी कार्यालयमा आर्थिक लेनदेन गरेको उजुरीपछि तत्कालीन मकवानपुरका एसपी मिरा चौधरीले ग्रेडरोक्का गरेकी थिइन् ।
मनहरीमा गाँजातस्करसँग मिलेको पाइएपछि पाएका जति ग्रेड कट्टा गरी वडा प्रहरी कार्यालयमा पठाएकी थिइन् । वडा प्रहरीमा दरबन्दी भएकै बेला विकास खनाल मकवानपुर प्रहरीको प्रमुखमा सरुवा हुनासाथ उनलाई रातमाटे चेकपोष्टमा खटाए । र, सबैभन्दा बढी आम्दानी हुने चेकपोष्टका रुपमा रातमाटेलाई लिने गरिन्छ । रातमाटेबाट रक्सौलसम्म गएर ब्यापारीसँग पैसा असुली गरेको उजुरी परेपछि उनलाई गणमा तानेर छानबिन सुरु गरिएको स्रोतले बताएको छ ।
पर्सा जिल्लाका घुमुवा हवल्दार जयनारायण यादवलाई पनि आर्थिक असुलीकै आरोपमा छानबिन सुरु भएको छ । पर्साका एसपी गणेश रेग्मी र इन्स्पेक्टर अनिस कर्णको संरक्षणमा घुमुवा जयनारायण यादवले असुली गर्दैआएका थिए । हाकिमहरुलाई बुझाएर उनले केही समयअघि नेशनल मेडिकल कलेजसँगै ८० लाख रुपैयाँमा जग्गा खरिद गरेको उजुरी पनि परेको छ ।

नाजिर हुसेन र जयनारायण यादवलाई संरक्षण गर्ने काम आइजीपी प्रकाश अर्यालका घुमुवा हरेन्द्र ठाकुर र दिने यादवले गर्दैआएको स्रोतले बताएको छ । मध्यक्षेत्रको डीआइजी हुँदा राखेका घुमुवाहरु हरेन्द्र ठाकुर र दिनेश यादवलाई आइजीपी भएपछि पनि प्रकाश अर्यालले विशेष ब्यूरोमा दरबन्दी राखी परिचालन गरिरहेका छन् । दरबन्दी विशेष ब्यूरोमा भए पनि उनीहरु दुवै आइजीपी सचिवालयबाटै परिचालित छन् । उजुरी छानबिन हेर्ने काम एसएसपी केदार रिजालले गर्दैआएका छन् । १ बर्ष दरबन्दी खाली भए पनि डीआइजी बढुवा नगरी अन्यायमा पारिएका एसएसपी रिजालले हुसेन र यादवका बारेमा धेरै उजुरी परेपछि उनीहरुलाई गणमा तानेर छानबिन गरेको छ । उनीहरुलाई गणबाट बाहिर जान समेत नदिई छानबिन गरिरहेको छ ।
यसअघि मीरा चौधरी मकवानपुरको प्रहरी प्रमुख हुँदा उनले राम्रो काम गरेकोमा प्रशंसा बटुलेकी थिइन् । तर उनले पनि वीरेन्द्र यादवलाई घुमुवा राखेकी थिइन् । चौधरी र अर्का एसपी वसन्त लामाको पालामा वीरेन्द्र यादव घुमुवा थिए । पछि विवाद आएपछि तत्कालीन मध्यक्षेत्रका डीआइजी गणेश केसीले दरबन्दी भएको चितवनमै फिर्ता गरे । पछि चितवनमा पनि विवादमा भएपछि ३ नम्बर प्रदेशका एआइजी केशरी घिमिरेले गणमा सरुवा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७