२०७९ असार १४ गते मंगलबारको तपाईको राशिफल

असार कृष्ण चतुर्दशी पञ्चाङ्गः गण्ड शकुनि मृगशिरा


१४ असार २०७९, मंगलवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक नसोचेको ठाउँ बाट धन हात पर्नेछ । शुभारम्भको चर्चा पनि चल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मान सम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूणर् समय हो । पारिवारिक सुख मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउने छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्ने छ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विवाद र प्रतिस्पर्धामा सफलता मिल्ने छ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्ला र सामान हराउन सक्ने छ अतः सचेत रहनु उचित होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शुभकार्यको चर्चा चल्ने छ र मनमा शान्ति छाउने छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ, तर जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७