जापानी जनतालाई अनावश्यक बत्ती नबाल्न आग्रह


१४ असार २०७९, मंगलवार
Japan Electricity consumption1656350890

टोकियो । जापान सरकारले सोमबार राजधानी टोकियो र त्यस वरपरका बासिन्दालाई कम बिजुली खपत गर्न आह्वान गरेको छ । साथै, सरकारले मुलुकमा तापलहर चल्नेबेला विद्युत् आपूर्तिमा समस्या सिर्जना हुनसक्ने जनाएको छ ।

जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले सोमबार अपरान्ह विद्युतको माग अत्यधिक हुने आशा गरेको छ । मन्त्रालयले जनताले अनावश्यक बत्ती निभाउनु राम्रो हुने तर अत्यधिक गर्मीबाट बच्नका लागि अझै एयरकन्डिसन चलाउन सक्ने जनाएको छ । सरकारी अधिकारीहरूले तापक्रम बढ्दै गइरहेकाले केही सातासम्म विद्युतको अभाव हुनसक्ने चेतावनी दिएका छन् ।

सप्ताहन्तमा टोकियोको मध्यभागमा तापक्रम ३५ डिग्री सेल्सियस भन्दा माथि गएको छ भने राजधानीदेखि उत्तर पश्चिममा रहेको सेसाकीमा तापक्रम ४०.२ डिग्री सेल्सियस सम्म पुगेको छ ।

जापानमा जुन महिनामा यति उच्च तापक्रम मापन भएको पहिलो पटक हो । जुनदेखि जापानमा गर्मीयाम सुरु हुन्छ । प्रायः यस महिना तापक्रम ३० डिग्री सेल्सियस भन्दा कमै रहने गर्दथ्यो । आइतबार मन्त्रालयबाट जारी गरिएको एक विज्ञप्तिमा अत्यधिक विद्युत् उत्पादन क्षमता सोमबार टोक्यो र अन्य वरपरका आठ वटा क्षेत्रमा ३ दशमलव ७ प्रतिशतले खस्कने जनाइएको थियो ।

सरकारले जनतालाई स्थानीय समय अनुसार अपरान्ह तीन बजेदेखि तीन घण्टा अनावश्यक बत्ती निभाउन अनुरोध गरेको छ । गत मार्चमा आएको भूकम्पका कारण उत्तरपश्चिमी क्षेत्रका केही आणविक उर्जा भट्टीको नियमित सञ्चालन बन्द गर्न बाध्य भएयता जापानमा उर्जा आपूर्तिमा संकट देखापर्न थालेको हो । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७