जी-७ युक्रेनको पक्षमा उभिरहने


१४ असार २०७९, मंगलवार
G 7

वर्लिन । विश्वका धनी राष्ट्रहरूको समूह जी-७ ले जर्मनीमा भइरहेको शिखर बैठकको दोस्रो दिन रुसी आक्रमण खेपिरहेको युक्रेनलाई आवश्यक परेसम्म सहयोग र समर्थन प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको छ । विज्ञप्तिमार्फत जी-७ ले रुसले युक्रेनका वन्दरगाहहरू छाडेर खाद्यान्न अवरोध गर्न बन्द गर्नुपर्ने पनि जनाएको छ ।

भिडियो लिंकमार्फत उक्त बैठकलाई सम्वोधन गर्ने क्रममा युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले पश्चिम जगतसँग थप शक्तिशाली हातहतियार उपलब्ध गराइदिन आह्वान गरेका छन् ।

युक्रेनमा रुसी आक्रमण बढिरहेकाले जी-७ का नेताहरूमाथि आफ्नो उद्देश्यका लागि एकजुट हुन दबाब परिरहेको छ । सोमवार ती नेताहरूले विज्ञप्तिमा भनेका छन्, ‘निरन्तर आर्थिक, मानवीय, सैनिक र कूटनीतिक समर्थन प्रदान गर्दै हामी आवश्यक परुन्जेल युक्रेनसँग उभिने छौं । हामीले सदैव रुसद्वारा बेलारुसको सहयोगमा युक्रेनविरुद्ध जारी राखेको क्रुर, अव्यावहारिक, अनुचित र गैरकानुनी आक्रामक युद्धको निन्दा गरिनैरहने छौं ।’

जर्मनीको बाभारियामा चलिरहेको क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, वेलायत र अमेरिकाका नेताहरूको बैठकमा युरोपेली संघका दुईजना प्रतिनिधिले पनि भाग लिइरहेका छन् ।

रुसी फौजले पुर्वी युक्रेनमा आक्रमण तिव्र पारिरहेको अवस्थामा जी- ७ को उच्चस्तरीय सहयोग जारी रहेको छ । युक्रेनको क्रेमेनचुक सहरको एक व्यस्त सपिङ सेन्टरमा क्षेप्यास्त्र खस्दा सोमवार दुई जना मानिसको ज्यान गएको छ । राष्ट्रपति जेलेन्स्कीले आफूले जी-७ का नेताहरूलाई सम्वोधन गरिरहँदाका तस्बिरहरु टेलिग्राम डायलिङमा सेयर गरेका छन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७