विप्लवका गतिबिधि राजनीतिक मुद्दामा होइन अर्थ संकलनमा केन्द्रित छन्ः परराष्ट्र मन्त्री


१६ चैत्र २०७४, शुक्रबार
Pradeep Gyawali

गुल्मी, १६ चैत । परराष्ट्रमंत्री प्रदीप ज्ञावालीले बिप्लव माओवादीले गरिरहेको हिंसाको राजनीतिलाई सरकारले गम्भीर ढङ्गले नजिकबाट नियालिरहेको बताउँदै यसको समाधान मूलतः राजनीतिक ढङ्गले गर्ने त्यसरी समाधान नभए जनताको जिउ धनको सुरक्षाका लागि सरकार कड़ा ढङ्गले प्रस्तुत हुने बताए ।

Pradeep Gyawali
हिंसाको राजनीति सफल हुन नसक्ने बताउँदै ज्ञवालीले जनताको म्यान्डेट लिएको यो सरकारलाई हिंसा मान्य नहुने बताएका छन् । उनले बिप्लव माओवादीका नाममा भएका पछिल्ला गतिविधि शंकास्पद रहेको उल्लेख गर्दै राजनीतिमा असंतुष्टि राख्ने भन्दा पनि बिप्लव समूहले अर्थ संकलनमा जोड़ दिएको बताए ।
आफ्नो चुनाव क्षेत्र रहेको गुल्मी आएका मन्त्री ज्ञावालीले जिल्लाको विकासका लागि सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकमा मन्त्री ज्ञवालीले बिभिन्न दलका नेताले उठाएका जिज्ञासाको उत्तर दिने क्रममा उक्त कुरा बताएका हुन् ।
जिल्लाको बिकासमा सबै दलको सहयोगको अपेक्षा गरेर राखेको उक्त बैठकमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी ं गोपाल अर्याल, नेपाली कांग्रेसका सभापति भुवन श्रेष्ठ, सचिव खिलध्वज पन्थी, नेतृ बिष्णु सापकोटा, माओबादी केन्द्रका केन्द्रीय सदस्य बुद्धि जीसी, जिल्ला संयोजक बीरबहादुर कार्की, एमाले नेता कृष्ण घिमिरे, कृष्ण सुनार लगायतले जिल्लाको बिकास र राष्ट्रिय राजनीतिका विषयमा जिज्ञासा राखेका थिए । उनीहरुले मन्त्री ज्ञवालीले जिल्लाको विकासका लागि यसरी बैठक बोलाउने परिपाटीको सुरुवात गरेकोमा धन्यवाद दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७