वामदेव गौतमले घोषणा गरे ‘राष्ट्रिय एकता अभियान’ पार्टी

७५ सदस्यीय केन्द्रीय कमिटी, आठ सदस्यीय सचिवालय


१४ असार २०७९, मंगलवार
party ghosana21656409548

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । आज (मंगलबार) काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले पार्टी घोषणा गरेका हुन् ।
पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ । पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आज बिहान ६९ सदस्यीय केन्द्रीय कमिटी रहने भनिए पनि थप भएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । पार्टीको संयोजकमा वामदेव तथा सचिवमा डिबी कार्की छन् । पार्टीको आठ सदस्यीय सचिवालय पनि घोषणा गरिएको छ । पार्टीको मुख्य उद्देश्य विघटन भएको नेकपा एमालेलाई पुनःगठन गर्नु रहेको छ ।

राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमले नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान संचालन गर्दै आएका थिए । उनले शनिबार मात्रै अभियानको राष्ट्रिय भेला आयोजना गरेका थिए ।
हेर्नुस् यस्तो छ सचिवालय
संयोजक – वामदेव गौतम
सचिव- डिबी काकी
सदस्य – ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७