वामदेवकाे पार्टीको उद्देश्य : सके नेकपा पुनर्गठन, नसके चुनावमा मोर्चा (पूर्णपाठ)


१४ असार २०७९, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका हुन् ।

तत्कालीन नेकपा विभाजनपछि एकताका लागि अभियान सञ्चालन गरेका वामदेवले अहिले त्यसैलाई पार्टीको रूप दिएका हुन् । पार्टीको मुख्य उद्देश्य तत्कालीन नेकपालाई पुनर्गठन गर्ने रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसो गर्न नसकेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचनमा कार्यगत एकता गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘यस पार्टीको सबभन्दा महत्वपूणर् र मुख्य कार्यभार त्यही विघटन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फेरि पुनर्गठन गर्नु हो’, विज्ञप्तिमा उल्लेख छ, “यसपछि छिट्टै हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व नै विभाजित कम्युनिस्ट पार्टीहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउन वातावरण सिर्जना गर्ने अर्को उद्देश्य छ ।’

कार्यगत एकतामा जाने अवस्था सिर्जना हुँदा यी तीन पार्टीहरूसहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) समेतको बृहत् वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने जनाइएको छ । तीन पार्टीबीच एकता हुँदा नेकपा एकता राष्ट्रिय अभियान पनि सँगै एकीकत हुने, नभए छुट्टै पार्टीका रूपमा गठन हुने उल्लेख छ । पार्टीमा १५ सदस्यीय स्थायी कमिटी, एक अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष रहने गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७