जनदवावले मात्र पछि हटेका हुन्, गठबन्धनले एसपीपीमा लैजाने खतरा अझै छ : ओली


१४ असार २०७९, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपी सन्दर्भमा गरिएको पत्राचारका सन्दर्भमा सत्य तथ्य बाहिर ल्याउन र वास्तविक पत्र सार्वजनिक गर्न सरकार र अमेरिकी दूतावासको ध्यानाकर्षण गराएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यसबारे तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीबाट पनि यथार्थ जानकारी आउनु पर्ने बताएका छन् । मदन जयन्तीका अवसरमा मंगलबार काठमाडौंमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै ओलीले एमसीसी जनतालाई धोखा दिएर एमसीसी पास गर्ने शेरबहादुर देउवा र प्रचण्डले नै एसपीजीमा नेपाललाई लैजान खोजेको तर जनताको खबरदारीबाट पछि हटेको आरोप लगाए ।

ओलीले सुशील कोइरालाको पालामा स्वीकृति दिइएको एसपीपीलाई प्रचण्डले अघि बढाएको भन्दै आफू प्रधानमन्त्री भएको बेला इण्डो प्यासिफिकको प्रतिवेदनमा नेपाल र भुटानको पनि नाम आएपछि आफूले कार्यदल बनाएर रोकेको दावी गरे । अध्यक्ष ओलीले एसपीजीमा मुलुकलाई लैजाने खतरा कायमै रहेको र एमसीसीमा जस्तै यो गठबन्धन अर्को जाल लिएर एसपीजीमा सामेल हुने सम्भावना रहेको बताए ।

उनले भने, ‘एसपीपीका सन्दर्भमा असोज २ मा संविधान जारी भयो ६ गते प्रधानमन्त्री तथा रक्षामन्त्री सुशीला कोइराला भएका बेला सेनालाई स्वीकृति दिइयो । म प्रधानमन्त्री असोज २६ गते भएँ, मलाई थाहा नदिई कात्तिक १० मा सेनापतिको पत्र गयो भनिएको छ । तर त्यो पत्रको चलानी नम्बर टिपेक्स लगाएर हातले लेखिएको छ । पठाएको पत्रमा पनि हातले केरमेट गरेको छ । टिपेक्स लगाएर मेटेर हातले लेखिएको स्पष्ट हुन्छ । म सरकारलाई टिपेक्स नलगाएको ओरिजनल पत्र देखाउन चुनौती दिन्छु । एसपीजीमा केपी ओलीलाई मुछ्नका लागि टिपेक्स लगाएर, चलानी नम्बर फेरेर र मिति हेरफेर गरेको हातले लेखेको पत्र बाहिर ल्याइएको भन्दै उनले यसबारेमा अमेरिकी दूतावासले प्रस्ट पार्नुपर्ने बताए ।

‘म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनसक्छ ,चलानी नम्बर हातले केरमेट गरेको छ । त्यो म प्रम नहुँदै पत्र पठाइएको हो, अमेरिकन एम्बेसीले सत्य बोलोस् । तत्कालीन प्रधान सेनापतिले पनि मैले त्यति बेला निर्देशन दिएको हो कि होइन भन्न सक्नुहुन्छ ।’ उनले अहिले सार्वजनिक भएको मस्यौदा गठबन्धन सरकार बनेपछि तयार भएको भन्दै एमसीसीकै बेला देउवा र प्रचण्डले एसपीजीमा सहमति जनाएको दाबी समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७