आयरल्याण्डविरुद्ध भारतको ‘क्लिन स्वीप’


१५ असार २०७९, बुधबार
Capture DgUgCHA2dt

काठमाडौँ । आयरल्याण्डविरुद्धको सिरिजमा भारतले क्लिन स्वीप गरेको छ । गए राति भएको खेलमा भारतले आयरल्याण्डमाथि ४ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

भारतले दिएको २२६ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड २२१ रनमा समेटिन पुग्दा भारतको रोमाञ्चक जित भएको हो । अन्तिम ओभरमा जितका लागि १७ रन आवश्यक रहेको थियो । तर भारतका उमरान मलिकले कसिलो बलिङ गर्दै भारतलाई जित दिलाए । आयरल्याण्डले १२ रन मात्रै बनाउन सक्यो ।

यो जितका साथ भारतले सिरिज नै आफ्नो पक्षमा २-० ले पार्न सफल भयो । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर २२५ रन बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७