कोलम्बियाको कारागारमा दंगापछि आगजनी : ४९ जनाको मृत्यु


१५ असार २०७९, बुधबार
Colombia Jail1656440216

वोगोटा । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरु ३० जना घाइते भएका कारगारका अधिकारीहरूले बताएका छन् ।

भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारगार निकायले मंगलबार बिहान सवेरै कैदीहरूले नै आगजनी गरेको जानकारी दिएको छ । त्यहाँ तैनाथ गार्डहरूले दंगामा हस्तक्षेप गर्न नसकुन् भन्ने हेतुले कैदीहरूले म्याट्रेसहरू बालेको बताइएको छ ।
सरकारी अधिकारीहरूले आगो नियन्त्रणमा लिइसकेको र यस घटनाको मौका छोपेर कोही पनि कैदी भाग्न नसकेको बताएका छन् ।

स्थानीय समयअनुसार बिहान करिब एक बजे कारागारको एक खण्डमा आगलागी सुरु भएको थियो । सो स्थानमा समान्यतया १ सय ८० जना कैदी थुन्ने गरिएको छ । सो सहरका स्थानीय बासिन्दाले कारागारभित्र धुँवा र आगोका लप्का देखेको र हेर्दाहेर्दै अनियन्त्रित हुन पुगेको आगोले सो खण्ड जलेको बताएका छन् ।

एम्बुलेन्स र अग्नि नियनत्रण टोली तत्काल घटनास्थल पुगेका थिए । गार्डहरूले कारगारमा जडित अग्निनियन्त्रण उपकरण प्रयोग गरेर केही कैदीको उद्धार गरेका थिए । सरकारको कारगार निकाय प्रमुख जनरल टिटो क्यास्टेल्लानोसले भयानक परिणमलाई ख्यालै नगरी कैदीहरूले म्याट्रेस बालेको बताएका छन् । राष्ट्रपति इभान डुक्युले यस घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७